मुल्य वृद्विको विरुद्धमा अनेरास्ववियुको प्रदर्शन, हेरौं तस्वीरहरु
कास्की | जेठ १४, २०७९
पोखरा: पेट्रोलियम पदार्थको मूल्य वृद्धि जनताको हितमा नभएको भन्दै पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (अनेरास्ववियु) ले विरोध जनाएको छ ।
पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेटमा प्रधानमन्त्री शेर बहादुर देउवाको राजिनामा माग गर्दै नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रदर्शनका क्रममा ‘मूल्य वृद्वि फिर्ता गर, नालायक सरकार राजीनामा दे, शेरे चोर देश छोड्’ लगायतका नारा लगाएका थिए । साथै जिल्ला प्रहरी कार्यालयका कस्कीले शुक्रबार अनेरास्ववियुका समर्थक माधव पौडेललाई पक्राउ गरेकाले विनाशर्त रिहाईको माग गरेका थिए ।
तस्वीर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज











काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

